टाढा-टाढा मेरी मायालु बाटो हेर्दै होलिन्
फर्किन्छ कि भनी उनी दिनहरू गन्दै होलिन्
त्यही पीपलुको छायामा हामी दुई रमेको
सम्झिँदै मलाई मेरी माया झ्यालैमा बसी टोलाउँदि हुन्
मेरी माइली
मेरी माइली, mmm
भावी कस्तो हाम्रो, टाढिनुपर्ने
दैवको खेल भनी मन बुझाउनुपर्ने
समयको सीमा नाघेर म आउँनेछु
कर्मलाई ढाँटेर फेरि डाँडा काट्नेछु
फेरि पीपलुको छायामा हामी दुई रमाउँला
परदेशबाट फर्केर हामी नयाँ संसार सजाउँला
मेरी माइली
मेरी माइली, mmm